काठमाडौं । पछिल्लो समय एकपछि अर्को चिनियाँ प्रविधि ब्राण्डले एन्ड्रोइड ट्याब्लेट ल्याउन थालेका छन् । कोरोना महामारीपछि स्मार्टफोन, ल्यापटसँगै ट्याब्लेटको माग बढ्दो छ ।
चीनमा साओमी र ह्वावेले यसअघि नै ट्याब्लेट ल्याइसकेका छन् । अब अर्को चर्चित ब्राण्ड ओप्पोले पनि आफ्नै ब्राण्डमा बजारमा ट्याब्लेट ल्याउने तयारी गरेको छ ।
हालै टिप्स्टर डिजिटल च्याट स्टेशनले वेइबोमा सार्वजनिक गरेको एक टिजरअनुसार ओप्पोले १२.६ इन्चको ट्याब्लेटमा बजारमा ल्याउन लागेको छ ।
सो ट्याब केही समयअघि ह्वावेले ल्याएको मेटट्याब प्रो जस्तै देखिन्छ । कलर ओएसको मोडिफाइड भर्सनमा चल्ने ट्याबले डक बार र डेस्टकप विजेट पनि सपोर्ट गर्नेछ ।
इन्टरकनेक्सन अपरेसनका लागि यसले एन्ड्रोइड फोन, वाच, हेडसेट र अन्य डिभाइस सपोर्ट गर्ने जनाइएकाे छ ।