close

साओमीका यी फोनमा आउँदै छ ‘मियूआई १२.५’

टेकपाना टेकपाना

भदौ १२, २०७८ १०:५९

साओमीका यी फोनमा आउँदै छ ‘मियूआई १२.५’

काठमाडौं । गत हप्तामात्र गुगलले एन्ड्रोइड १२ बेटा ४.१ जारी गर्‍यो । अब केही समयभित्रै गुगलले औपचारिक रुपमा एन्ड्रोइड १२ ल्याउने तयारी गरेको छ ।

एन्ड्रोइड १२ सार्वजनिक हुने मिति नजिकिँदा सामसङले आफ्ना एपलाई एन्ड्रोइडको पछिल्लो भर्सनअनुसार अपडेट गर्ने तयारी गरेको छ ।

त्यस्तै साओमीले पनि मियूआई १२.५ सार्वजनिक गरिसकेको छ । हालै कम्पनीले पहिलो चरणमा एन्ड्रोइड १२ मा आधारित मियूआई १२.५ अपडेट पाउने स्मार्टफोनको सूची तयार पारेको छ ।

यसअन्तर्गत मि ११ र मि १० सिरिजका ९ मोडलले मियूआई १२.५ अपडेट पाउने भएका छन् ।

कम्पनीले सन् २०२१ को अन्तिम त्रैमास अर्थात् अक्टोबरदेखि यी फोनमा मियूआई १२.५ उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

एन्ड्रोइड १२ मा आधारित मियूआई १२.५ पाउने ९ मोडल

  • Mi 11
  • Mi 11 Ultra
  • Mi 11i
  • Mi 11X Pro
  • Mi 11X
  • Mi 10T Pro
  • Mi 10T
  • Mi 10 Pro
  • Mi 10

कम्पनीले अन्य फ्ल्यागशिप र लोकप्रिय मोडलमा कहिलेदेखि एन्ड्रोइड १० बेस्ड मियूआई १२.५ अपडेट ल्याउनेछ भन्ने विषय भने तत्काल खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१