close

सबैतिर समान वाईफाई कभरेज दिने ‘मेश’ नेटवर्कबारे जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

भदौ १६, २०७८ १२:३

सबैतिर समान वाईफाई कभरेज दिने ‘मेश’ नेटवर्कबारे जान्नैपर्ने कुरा

काठमाडौं । यदि तपाईंको कम्प्युटर वा अन्य डिभाइस वाईफाई नेटवर्कसँग कनेक्ट हुँदैन भने मेस वाईफाई सिस्टम उपयुक्त समाधान हुन सक्छ । तर याे वाईफाई सिस्टमबारे धेरैलाई थाहा नहुन सक्छ । आज हामी मेस वाईफाई सिस्टम के हो र यो अन्य साधारण सिस्टमभन्दा कसरी फरक छ भन्ने कुरा बताउँदै छौं ।

मेस नेटवर्कले परम्परागत वाईफाईका धेरै समस्यालाई समाधान गर्दछ । परम्परागत वायरलेस नेटवर्कमा तपाईंको घरभरी रहेका डिभाइस र मोडेमबीच वायरलेस सिग्नल ब्रोडकास्ट गर्ने राउटर मात्र एक्लो लिङ्क हो ।

तब डिभाइस राउटरबाट जति टाढा हुन्छ, कनेक्सनमा पनि त्यति नै धेरै गडबडी र गुणस्तरीयता खस्किने समस्या देखापर्दछ । यसरी परम्परागत वाईफाई सिस्टममा एउटा राउटर वा एक्सेस पोइन्टमा निर्भर भइन्छ भने मेस वाईफाई सिस्टमले तपाईंलाई धेरैवटा एक्सेस पोइन्ट प्रदान गर्दछ ।

जब एउटा एक्सेस पोइन्ट मोडेमको नजिक हुन्छ र गेटवेले जसरी काम गर्छ, तब अर्को एक्सेस पोइन्टले एक आपसमा सिग्नललाई रिब्रोडकास्ट गर्दछ ।

यस्तो वाईफाई कभरेजले परम्परागत वाईफाईमा देखिने कनेक्सनको समस्यालाई समाधान गर्न मद्दत गर्दछ । यसले एक्सेसको प्रत्याभूति दिन्छ र तपाईंको वायलेस सिग्नललाई बलियो बनाउँछ ।

मेश वाईफाई के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा सरल रुपमा बुझ्न सजिलो होस् भनेर हामीले यो भिडिओ तयार पारेका छौंः

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३