close

अक्टोबर ५ देखि उपलब्ध हुँदै विण्डोज ११, निःशुल्क अपडेटको सुविधा

टेकपाना टेकपाना

भदौ १६, २०७८ १५:१३

अक्टोबर ५ देखि उपलब्ध हुँदै विण्डोज ११, निःशुल्क अपडेटको सुविधा

काठमाडौं । आउँदो महिना अर्थात् अक्टोबर ५ देखि विण्डोज ११ को अपडेट प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको छ । विण्डोज ११ सपोर्ट गर्ने कम्प्युटर तथा ल्यापटपमा निःशुल्क अपडेटका साथ माइक्रोसफ्टले औपचारिक सुरूवातको मिति घोषणा गरेको हो ।

कम्पनीका अनुसार अपडेट क्रमवद्ध रुपमा प्रयोगकर्तालाई उपलब्ध गराइने छ । यसको अर्थ कम्पनीले सबै प्रयोगकर्तालाई एकैपटक भने अपडेट उपलब्ध गराउने छैन ।

माइक्रोसफ्टले अपडेट इन्टिलिजेन्स मोडलमा उपलब्ध हुने जनाएकाे छ । यसको अर्थ कम्प्युटर तथा ल्यापटपको हार्डवेयर, मेट्रिक्स, डिभाइस खरिद भएको समय जस्ता विषयवस्तुलाई आधार मानिने छ ।

कम्पनीका अनुसार विण्डोज ११ सपोर्ट गर्ने सम्पूर्ण डिभाइसले सन् २०२२ को मध्यसम्म अपडेट प्राप्त गरी सक्नेछन् । जसले हाल विण्डोज १० प्रयोग गरिरहेका छन्, उनीहरूको हकमा अपडेटको तयारी भएसँगै जानकारी प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३