close

इन्ट्रानेट विस्थापित गर्दै नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’

टेकपाना टेकपाना

भदौ २१, २०७८ ९:२४

इन्ट्रानेट विस्थापित गर्दै नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’

काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ ।

बैंकका सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए ।

सोही कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन्, तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् ।
यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने बैंककाे विश्वास छ ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्वीकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया बिना तीव्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३