close

यस्तो छ विश्वकै ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड फोन

टेकपाना टेकपाना

भदौ २१, २०७८ १७:२८

यस्तो छ विश्वकै ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड फोन

काठमाडौं । जर्मन कम्पनी नेट्रोकीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले यसलाई विश्वकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन भएको दाबी गरेको छ ।

निट्रोफोन वान नाम दिइएको यो फोन गुगल पिक्सेल ४ ए मा आधारित छ । जसमा ग्राफेनओएस राखिएको छ । निट्रोफोन वान स्मार्टफोनमा ५.८१ इन्चको फुल एचडी प्लस स्क्रिन दिइएको छ ।

साथै स्नापड्रागन ७३० जी प्रोसेसर राखिएको यो फोन सिंगल स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसमा ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ ।

क्यामेराको कुरा गर्ने हो भने निट्रोफोन वानमा १२.२ मेगापिक्सेलको मेन क्यामेरा राखिएको छ । यो स्मार्टफोन स्पेसिफिकेसनको मामिलामा गुगल पिक्सेल ४ ए जस्तै छ ।

यसमा ग्राफेनओएस इन्स्टल गरिएको छ । जुन एन्ड्रोइडकै एउटा सुरक्षित भर्सन हो । जसले गुगल सर्भिस हटाउने विकल्प समेत दिन्छ  ।

निट्रोफोन वानमा आकर्षक सेक्युरिटी फिचरहरू दिइएका छन् । गुगलले प्रयोगकर्ताको हरेक कुराकानी सुन्न सक्ने खबरहरू आइरहेका छन् ।

तर यो फोनमा भने यस किसिमका गतिविधिबाट जोगिनका लागि माइक्रोफोनलाई पनि प्रर्मिसन अप्सनमा राखिएको छ । यसको अर्थ यदि तपाईं अनुमति दिनुहुन्छ भने त्यसले तपाईंको कुराकानी सुन्न सक्छ । अन्यथा सक्दैन ।

फोनमा डिफल्ट रुपमा क्लाउड वा गुगल प्ले सर्भिस पनि इन्टिग्रेट गरिएको छैन । यो फोनमा कुनै पनि एपलाई फोनको आईएमईआई तथा सिरियल नम्बर, सिम कार्ड सिरियल नम्बर, सब्सक्राइबर आईडी, म्याक एड्रेस आदि जस्ता विवरणमा एक्सेस हुँदैन ।

फोनमा मजबुत किसिमको इन्क्रिप्सन तथा टाइटन एम सेक्युरिटी चिप प्रोटेक्सन राखिएको छ । जसले तपाईंको डिभाइस तथा डेटालाई खतरनाक भौतिक हमलाबाट जोगाउन सक्छ ।

साथै भेरिफाइड बुट सुनिश्चित गर्छ । ता कि ह्याक गरेर तपाईंको अपरेटिङ सिस्टमलाई मोडिफाइ गर्न नसकियोस् । कुनै किसिमको सन्दिग्ध गतिविधि देखिएको खन्डमा स्वचालित रुपमा फोन शटडाउन हुन्छ । फोनमा फिङ्गरप्रिन्ट सेन्सरका साथै पिन लक सपोर्ट समेत दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५