close

हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ, ब्याट्रीमा कुनै समस्या नहुने दाबी

टेकपाना टेकपाना

भदौ २६, २०७८ १४:३३

हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ, ब्याट्रीमा कुनै समस्या नहुने दाबी

काठमाडौं । यदि तपाईं चिनियाँ ब्राण्डका फोन प्रयोग गर्नुहुन्छ र यसबारे जानकारी राख्नुहुन्छ भने पक्कै पनि चिनियाँ मोबाइल कम्पनीहरूबीच भइरहेको फास्ट चार्जिङ सर्भिसको दौडलाई ख्याल गर्नुभएको छ होला ।

हरेक महिना कुनै न कुनै कम्पनीले हाई वेटेजको फास्ट चार्जिङ बजारमा ल्याइरहेकाे हुन्छ । यसैबीच साओमीले पनि आफ्नो प्रयोगकर्ताका लागि आउँदै गरेको नयाँ फोनमा हाइपरचार्ज प्रविधि प्रयोग गरेको छ ।

कम्पनीले आफ्नो नयाँ फोन ‘साओमी ११टी प्रो’ मा १२० वाटको चार्जर उपलब्ध गराउने घोषणा गरेको छ ।

यो चार्जरले कति समयमा ‘११ टी प्रो’ चार्ज गर्नेछ भन्ने विषयमा कम्पनीले हाल केही बताएको छैन ।

विगत हेर्ने हो भने चीनमा मात्र सार्वजनिक भएको ‘मी १० अल्ट्रा’ सँग आएको १२० वाटको चार्जरले सो फोन २३ मिनेटमा नै फुल चार्ज हुन्छ ।

यद्यपि यस्ता फास्ट चार्जिङ चार्जहरूले मोबाइलको ब्याट्री चाँडै बिग्रिने समस्याहरू देखापरेका छन् ।

यद्यपि साओमीका प्रमुख प्रवक्ता डानियल डेसजारलिसले द भर्जसँग कुरा गर्दै साओमीको यो प्रविधिले मोबाइलको ब्याट्रीमा कुनै असर नपर्ने दाबी गरेका छन् ।

साओमीको यो फोनमा पनि अन्य फास्ट चार्जिङ मोबाइलमा जस्तै डुअल सेल डिजाइनको ब्याट्री प्रयोग गरिएको छ । त्यस्तै मोबाइलमा भएको थर्मल मनिटरिङ सिस्टमले चार्जिङ स्पिडलाई व्यवस्थापन गर्ने डानियलले बताए ।

यसले गर्दा ब्याट्री लामो समयसम्म टिक्ने र चाँडै नबिग्रने उनको भनाइ छ । यद्यपि ब्याट्रीको सुरक्षा र पर्फर्मेन्सका केही परिक्षणहरू अझै बाँकी रहेको उनले बताए ।

साओमीको ११टी प्रो र अन्य ११ टी सिरिजका फोनहरू यही सेप्टेम्बर १५ मा अन्तराष्ट्रिय रुपमा सार्वजनिक हुँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५