close

सानिमा बैंकको दशैं बम्पर योजना

टेकपाना टेकपाना

असोज ३, २०७८ ८:५५

सानिमा बैंकको दशैं बम्पर योजना

काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू गरेको उक्त योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म ब्याजदर मासिक रूपमा प्रदान गर्ने जनाएको छ ।

खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकको भनाइ छ ।

यसका साथै बचत खातामा पाँच प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपांगता भएमा १० लाख रूपैयाँसम्मको दुर्घटना बीमा सुविधा रहेकाे छ ।

त्यस्तै तीन लाख रूपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रूपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक पाँच हजार रूपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र पाँच हजार रूपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१