आईएमई ग्रुपको दशैं अफर, विदेशबाट पठाएको रकम वालेटमा प्राप्त गर्दा दोब्बर बढ्ने
असोज ३, २०७८ १२:३१
काठमाडौं । आईएमई ग्रुपले दशैंका लागि लक्षित गर्दै ‘आईएमई डबलको डबलको डबल’ अफर ल्याएकाे छ ।
यो योजना असोज १ देखि कात्तिक २६ सम्म लागू हुने आईएमई ग्रुपले जानकारी दिएको छ ।
यो योजनाअनुसार विदेशबाट पठाएको रकम आईएमईका एजेन्ट र आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा डबल पाइनेछ ।
योजनाअनुसार हरेक साता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जनाले डबलको डबल र बम्परमा एक जनाले डबलको डबलको डबलसम्म रकम पुरस्कारस्वरूप पाउने जनाइएकाे छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
