काठमाडौं । साओमी नेपालले हरेक साओमी टेलिभिजनको खरिदमा विशेष छुटको घोषणा गरेको छ । नेपालीहरुको महान् चाड दशैंको अवसर पारी कम्पनीले ‘मि लिएको छैन ?’ नामक अफर ल्याएको हो ।
यस अफरअन्तर्गत विभिन्न मि एलईडी टेलिभिजन र अन्य टेलिभिजन मोडलको खरिदमा १० हजार रूपैयाँसम्म छुट उपलब्ध गराइएको छ ।
यो अफर सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ ।
अफरबारे बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले ग्राहकलाई चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र साओमीका टेलिभिजनमा आफ्ना प्रियजनसँग आफूलाई मनपर्ने कार्यक्रम हेर्न विशेष छुटको अफर ल्याएको बताए ।
| Models | MRP (Rs) | Dashain Offer Rate (Rs) |
| Mi LED TV 4A Pro 32 | 38,999.00 | 34,999.00 |
| Mi LED TV 4A 40 | 44,999.00 | 39,999.00 |
| Mi LED TV 4A 43 Horizon | 49,999.00 | 46,999.00 |
| Mi LED TV 4X 43 | 64,999.00 | 54,999.00 |
| Mi LED TV 4X 55 | 89,999.00 | 79,999.00 |
| Mi LED TV 4X 65 | 139,999.00 | 109,999.00 |
यसका साथै साओमी नेपालले ‘महापर्वको उमङ्ग’ को ट्यागलाइन अन्तर्गत ‘दशैं विथ मि’ नामको दशैं अभियान पनि चलाइरहेको छ ।
यस अफरअन्तर्गत मि टिभीको खरिदमा एक भाग्यशाली ग्राहकले दैनिक मि वाच लाइट प्राप्त गर्नेछन् र मि फोन वा पोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकहरुले दैनिक मि ब्लुटुथ स्पिकर पाउनेछन् ।
यो अभियान असोज २९ सम्म सञ्चालन हुनेछ । ग्राहकहरुले यस अभियानको दौरान विभिन्न पुरस्कार जित्न सक्नेछन्:
| Products | Gifts | Person | Period of Time |
| Xiaomi and POCO mobile | Mi Bluetooth Speaker | 2 | Daily |
| MI TV | Mi light Wacth | 1 | Daily |
| Xiaomi and POCO mobile | Mi Tv 43 inch | 1 | Weekly |
| MI TV | Redmi Note 10 Pro | 1 | Weekly |
| Xiaomi and POCO mobile | Mi Tv 65 inch | 4 | Bumper |
| MI TV | MI 11 smart phone | 4 | Bumper |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
