काठमाडौं । भारतका दुई ओटा कम्पनीको वर्चश्वका कारण नेपालको इन्टरनेट महँगो हुन पुगेको इन्टरनेट सेवाप्रदायक नेपाल-आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् । मंगलबार राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा खुलाएका हुन् ।
‘हामी भारतका दुई ओटा कम्पनीको डुओपोलीको शिकार भएका छौँ,’ उनले भने । हाल नेपालमा आउने इन्टरनेट ब्यान्डविथमा भारतका दुई ओटा कम्पनी एयरटेल र टाटाको वर्चश्व रहेको छ ।
ती कम्पनीका कारण नेपालमा इन्टरनेट महँगो हुन पुगेको अध्यक्ष पराजुलीले बताए । ‘त्यसमा पनि पाेलकाे भाडा बढ्नुले ग्राहक अझ मारमा पर्ने अवस्था सिर्जना भएकाे छ,’ उनले भने ।