close

सफ्टवेरिकामा आईटी पढ्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीको छात्रावृत्ति

टेकपाना टेकपाना

असोज १२, २०७८ २१:११

सफ्टवेरिकामा आईटी पढ्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीको छात्रावृत्ति

काठमाडौं । ११ वर्षदेखि नेपालमा उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज फ आईटी एण्ड ई-कमर्समा अध्ययन गर्ने पाँच जना विद्यार्थीलाई युनिभर्सिटीले शतप्रतिशत छात्रावृत्ति दिने भएको छ ।

सफ्टवेरिका कलेजले बेलायतको प्रतिष्ठित कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । स्नातक तहको पहिलो वर्षको चार लाख ५० हजार बराबरको छात्रावृत्ति पाँच जनालाई प्रदान गरिने कलेज प्रमुख प्रमोद पौडेलल जानकारी दिए ।

प्लस टुको रिजल्ट, अतिरिक्त क्रियाकलाप, अनुशासन, सामाजिकपन आदिलाई मूल्याकंन गरी विद्यार्थी छनौट गरिने पौडेलले बताए । साथै कलेजले हरेक ब्याचका दुई सय विद्यार्थीबाट ५१ जनालाई २५ प्रतिशतदेखि शतप्रतिशत छात्रावृत्ति दिने बताइएको छ ।

कलेजले बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

आर्थिक अभावका कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने श्रेष्ठले बताए ।

इनोभेसन हबमा कम्प्युटर, थ्रीडी प्रिन्टर, सेन्सर, रोबोटिक्स उपकरण, ड्रोन, लेगोस लगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए । इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरी थप अवसर दिलाइने बताइएको छ ।

कलेजले औपचारिक अध्यापनबाहेक सिस्को सर्टिफाईड कोर्ष, सर्टिफाइड इथिकल ह्याकिङ कोर्ष, आईबीएम कोर्ष, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षासमेत सञ्चालन गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१