काठमाडौं । इनविटले इटालीमा काठबाट निर्मित विश्वकै पहिलो मोबाइल दूरसञ्चार टावर निर्माण गरेको छ । स्टिलको विकल्पको रुपमा कम्पनीले काठका टुक्राहरूलाई जोडेर टावर निर्माण गरेको हो ।
चार वटा खुट्टा टेकेको आकारमा निर्माण गरिएको टावरको उचाइ ४० मिटर रहेको छ । एकपटक प्रयोग भइसकेका सामग्रीहरू प्रयोग गरेर निर्माण गरिएको उक्त टावर दिगो रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
टावरको माथि एन्टेना र रेडियो लिंक राखिएको छ । स्टिलबाट निर्मित टावरसरह नै नेटवर्क विस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा स्टिलबाट निर्माण हुने पूर्वाधारलाई विस्थापित गर्दै जाने बताएको छ ।
‘दूरसञ्चारको बढ्दो प्रयोगसँगै विश्वमा अझै कयौं टावर निर्माण गर्नुपर्ने अवस्था छ,’ इनविटका सीईओ जियाभानी फेरिगोले भने, ‘यस्तोमा स्टिलको विकल्पका रुपमा हामीले नयाँ पूर्वाधार तयार गरेका हौं ।’