close

आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ १०:३६

आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले आउँदो महिना आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा सार्वजनिक गर्ने भएको छ ।

लामो समयदेखि चर्चामा रहेपनि कम्पनीले फोल्डेबल फोनबारे आधिकारिक जानकारी बाहिर ल्याएको थिएन ।

चिनियाँ टिप्स्टरले हालै दिएको जानकारीअनुसार फोल्डेबल फोन नोभेम्बरमा सार्वजनिक हुनेछ ।

लिक भएको विवरणअनुसार यो फोल्डेबल फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ८ इन्च स्क्रिन हुनेछ ।

साथै फोल्डेबल फोनमा स्न्यापड्रागन ८८८ चिपसेट हुने अनुमान गरिएको छ । त्यस्तै यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने चर्चा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१