close

अब माइक्रोसफ्टको टिम्स एपभित्र फेसबुक वर्कप्लेसका कन्टेन्ट उपलब्ध हुने

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १६:४२

अब माइक्रोसफ्टको टिम्स एपभित्र फेसबुक वर्कप्लेसका कन्टेन्ट उपलब्ध हुने

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटा र माइक्रोसफ्टबीच साझेदारी भएकाे छ । मेटाको वर्कप्लेस सफ्टवेयर र माइक्रोसफ्ट टिम्स इन्ट्रिगेसनका लागि बुधवार दुई कम्पनीबीच साझेदारी भएको हो ।

योसँगै माइक्रोसफ्ट टिम्सको एपमा प्रयोगकर्ताले मेटा वर्कप्लेसका कन्टेन्टमा प्राप्त गर्न सक्नेछन् । भने, वर्कप्लेसबाट टिम्समा भइरहेको भिडिओ मिटिङ हेर्न तथा जोडिन सकिने जनाइएको छ ।

यो साझेदारीसँगै इन्टरप्राइज कम्युनिकेसन सफ्टवेयरको बजारका दुई प्रतिस्पर्धी कम्पनी एक भएका छन् ।

हुन त माइक्रोसफ्टको टिम्स र मेटाको वर्कप्लेस फरक प्लेटर्फम हुन् । मेटा काम गर्ने स्थान हो भने टिम्स त्यहाँ काम गर्ने कर्मचारीबीच कुरा गर्न माध्यम हो ।

यस्तोमा वर्कप्लेसका प्रयोगकर्ता भोडाफोन, एसेन्ट लगायतका कम्पनीले मिटको सर्भिसलाई इन्ट्रिगेट गर्न आग्रह गरेसँगै कम्पनीले माइक्रोसफ्टसँग सहकार्य गरेको वर्कप्लेका प्रमुख उज्जल सिंघले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१