काठमाडौं । पीएमपीएल मेना एण्ड साउथ एसिया च्याम्पियनसिपको पहिलो सिजनमा नेपाली पब्जी टिम डीआरएस गेमिङ दोस्रो भएको छ ।
आइतबार सम्पन्न साे प्रतियाेगितामा कुल १२७ पोइन्ट र ५५ किलसहित दोस्रो भएको डीआरएसले २८ हजार डलर अर्थात करिब ३३ लाख रुपैयाँ हात पारेको छ । त्यसैगरी नेपालबाटै सहभागी अन्य दुई टोलीले छैठौं र सातौं स्थान हासिल गरेका छन् ।
कुल ८७ पोइन्ट र ४६ किलसहित डेडआइज गाइज (डीई) छैठाैं भएको छ भने विजेज विथ भाइब्स (डब्लुजेडभी) ७९ पोइन्ट र ३८ किल सहित सातौं भएको छ ।
दुवै टोलीले क्रमशः पाँच हजार डलर र चार हजार सात सय ५० डलर हात पारे ।
त्यस्तै डीआरएसलाई मात्र तीन पोइन्टले जितेर प्रतियोगिताको पहिलो स्थान साउदी अरेबियाको टोली ‘रिको इन्फिनिटी’ (Rico Infinity) ले हासिल गरेको छ । प्रतियोगितामा १३० पोइन्ट र ५० किल सहित पहिलो भएर सो टोलीले ४० हजार डलर पुरस्कार जित्याे ।
याेसँगै आउँदो पीएमजीसी २०२१ को लागि रिको इन्फिनिटी, स्टलवार्ट इस्पोर्टस (Stalwart Esports), क्रिप्टिक्स (Cryptics) र डेडआइज गाइज छनौट भएको छ । पोइन्टसको आधारमा यसअघि नै डीआरएस गेमिङ र निग्मा ग्यालेक्सी छनौट भइसकेको छ ।
कार्यक्रममा मध्य पुर्वी, दक्षिण एसिया, उत्तर अफ्रिका क्षेत्रका देशहरू र ताईवान गरी कुल २० टोलीको सहभागिता थियो ।