काठमाडौं । सोनीले आज सोमबार आफ्नो नयाँ क्यामेरा सार्वजनिक गर्दै छ । यस अघि नै आफ्नो नयाँ क्यामेरा ‘सिनेअल्ट’को टिजर सार्वजनिक गरेको कम्पनीले क्यामेरा सम्बन्धी अन्य जानकारी भने खुलाएको छैन ।
सिनेअल्ट सोनीको डिजिटल फिल्म क्यामेराको सिरिज हो । जसले ३५ एमएमको मोसन पिक्चर क्यामेरालाई प्रतिस्थापन गर्नेछ । पहिलो सिनेअल्ट क्यामेरा सन् १९९९ मा विकसित गरिएको थियो ।
जसलाई जर्ज लुकासले स्टार वार्स प्रिक्वेल ट्रिलोजीको दोस्रो एपिसोड खिच्नका लागि प्रयोग गरेका थिए । त्यसबेलादेेखि सिनेअल्टले विभिन्न १९ व्यावसायिक ग्रेडका सिने क्यामेराहरू उत्पादन गरिसकेको छ ।
जुन क्लोभरोफिल्ड सिन सिटी लुसी र २१ ब्रिज्स जस्ता चलचित्रहरू खिच्नका लागि प्रयोग गरिएको थियो । सिनेअल्टको पछिल्लो सिरिज सिनेअल्ट भेनिस रहेको छ । जसमा फुल फ्रेम, सिक्सके, फोरके, सुपर ३५ र सुपर ३५ एनामोर्फिक रेकर्ड गर्न सक्ने २४.८ मेघापिक्सेलको क्यामेरा रहेको छ ।
सिनेअल्ट सिनेम्याटोग्राफीका लागि डिजाइन गरिएको हो । यो क्यामेरा फिल्म निर्माताहरूका लागि उत्तम विकल्प हुनसक्नेछ । सिनेअल्ट भेनिस सन् २०१७ मा यसै समयमा रिलिज भएको थियो । सोनी ए १, क्यानन ईओएस आर ५ र निकोन जेड ९ जस्ता क्यामेराहरूले एटके रेजोलुसनमा शुट गर्न थालेका छन् ।