काठमाडौं । गुगल म्याप्समा नयाँ अपडेट थपिएको छ । यससँगै एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल म्याप्समा नयाँ विजेटसमेत उपलब्ध भएको छ ।
याे फिचरले प्रयोगकर्तालाई नजिकै रहेको स्टोर र सधैं गइरहने स्थानका लागि छोटो बाटो पत्ता लगाउन सहज बनाउने छ । गुगल म्याप्सको पछिल्लाे भर्सनमा यो फिचर थपिएको हो ।
उक्त विजेटमार्फत नै प्रयोगकर्ताले आफ्नो घर तथा अफिसको लोकेसनका साथै नजिकै रहेको पेट्रोल पम्प, ग्रोसरी स्टोर, रेस्टुरेन्ट सहजै सेट गर्न सक्नेछन् ।
त्यस्तै उक्त विजेटमा सर्च बार पनि उपलब्ध हुनेछ । जसमार्फत प्रयोगकर्ताले गुगल म्याप्स एप नखोली नै लोकेसन सर्च गर्नसमेत सक्नेछन् ।
यो विजेट यसअघि आईओएसमा उपलब्धजस्तै छ । तर, फिचरको हिसाबले भने नयाँ अपडेटमा थप सुविधा दिइएकाे छ ।
विशेषगरी एन्ड्रोइड १२ लाई लक्षित गरी यो विजेट तयार पारिएको हो । तर, एन्ड्रोइड ११ का प्रयोगकर्तालाई समेत उपलब्ध हुने जनाइएको छ ।