close

माघ १८ देखि पुल्चोक क्याम्पसमा प्राविधिक मेला

टेकपाना टेकपाना

मंसिर २१, २०७८ १८:३६

माघ १८ देखि पुल्चोक क्याम्पसमा प्राविधिक मेला

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको कम्प्युटर, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका विद्यार्थीहरूको संस्था ‘लोकस’ ले प्राविधिक मेला गर्ने भएको छ ।

वर्षेनि आयोजना हुँदै आएको यस मेलाको नयाँ संस्करण माघ १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ । यो वर्षको प्राविधिक मेला ‘इनोभेट इन्ट्रिगेट इन्डस्ट्रियलाइज’ (Innovate Integrate Industrialize) थिमसहित हुने आयोजकले जनाएको छ ।

प्रविधिको साथमा उद्योग प्रवर्द्धन र विकास गर्न सकिन्छ भन्ने आशायसहित यो वर्षको थिम तयार भएको हो । यसमा आधारित रहेर विभिन्न कलेजका विद्यार्थीहरुले प्रोजेक्ट ल्याई प्राविधिक मेलामा प्रस्तुत गर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२