close

‘वनप्लस १० प्रो’ मा ८० वाटको फास्ट चार्जर, अरू के छन् फिचर ?

टेकपाना टेकपाना

पुस ३, २०७८ १५:९

‘वनप्लस १० प्रो’ मा ८० वाटको फास्ट चार्जर, अरू के छन् फिचर ?

काठमाडौं । ओप्पोसँग मर्ज भएपछि वनप्लसको सबैभन्दा प्रतिक्षित उत्पादन हो, वन प्लस १० सरिजिका स्मार्टफोन ।

कम्पनीले वनप्लस सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहँदा बजारमा भने वनप्लस १० प्रो स्मार्टफोनको विषयमा केही सूचना सार्वजनिक भएका छन् ।

सार्वजनिक भएका केही जानकारीअनुसार वनप्लस १० प्रोमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्चको एमोलेड डिस्प्ले हुनेछ ।

त्यसैगरी यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरासहित ४८ मेगापिक्सेल, ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको मेन क्यामेरा सेट उपलब्ध हुनेछ ।

त्यसैगरी फोनमा ८० वाटको चार्जर उपलब्ध हुनेछ, जबकि वनप्लस नाइन सिरिजका फोनमा ६५ वाटको चार्जर दिइएको छ । यो फोनको अर्को विशेषता भनेको एन्ड्रोइड १२ हुनेछ ।

कम्पनीले वनप्लस १० प्रोमा एन्ड्रोइड १२ प्रयोग गर्ने बताएको छ ।

योभन्दा अगाडि सार्वजनिक भएको सूचनाअनुसार वनप्लस १० सिरिजका स्मार्टफोन सुरुमा चीनमा उपलब्ध हुनेछ भने अन्य देश विस्तारै उपलब्ध हुँदै जानेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२