close

बीएसससी सीएसआईटीमा प्रवेश परीक्षाका लागि भोलिदेखि आवेदन दिन सकिने

टेकपाना टेकपाना

पुस १०, २०७८ १४:३२

बीएसससी सीएसआईटीमा प्रवेश परीक्षाका लागि भोलिदेखि आवेदन दिन सकिने

काठमाडौं । बीएसससी सीएसआईटीमा प्रवेश परीक्षाका लागि भोलिदेखि आवेदन दिन सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि प्रवेश परीक्षा र भर्ना प्रक्रिया सुरु भएको हो ।

विद्यार्थीले माघ ४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । त्यस्तै माघ ५ देखि सात दिनसम्म दोब्बर दस्तुर तिरेर फर्म आवेदन दिन सकिने छ । विद्यार्थीले यो वेबसाइटमा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् ।

६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित कोर्ष समावेश गरी यो शैक्षिक कार्यक्रम तयार पारिएको हो ।

विज्ञान संकायमा उच्च मावि (विज्ञान संकाय) उत्तीर्ण वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु सरहको अध्ययन पुरा गरेको विद्यार्थीले बीएसससी सीएसआईटी पढ्न सक्नेछन् ।

यसअन्तर्गत सय पूर्णाकंको फिजिक्स र सय पूर्णाकंको म्याथम्याटिक्स पढेको हुनुपर्ने र प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै त्रिविले लिने इन्ट्रान्स परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण भएको विद्यार्थी सीएसआइटीमा भर्न हुनसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२