close

दुई दिनमा सयभन्दा बढीले गरे ‘भिभो भी२३ई’ को प्रि-अर्डर

टेकपाना टेकपाना

माघ ११, २०७८ १३:४१

दुई दिनमा सयभन्दा बढीले गरे ‘भिभो भी२३ई’ को प्रि-अर्डर

काठमाडौं । नेपाली बजारमा केही दिनअघि सार्वजनिक गरिएको भिभो भी२३ई का लागि दुई दिनमा एक सयभन्दा बढी सेट प्रि-बुक गरेका छन् । आधिकारिक बिक्री गर्नुअघि खुलाइएको प्रिबुकिङमा ग्राहकको सन्तोषजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले क्यामेरा पारखीका लागि लक्षित गर्दै याे फाेन ल्याएकाे हाे । फोनमा एआई एक्स्ट्रिम नाइट पोट्रेट तथा मल्टी-स्टाइल पोट्रेटसहितको ५० मेगापिक्सेल अटोफोकस पोट्रेन सेल्फी फ्रन्ट क्यामरा फिचर छ ।

यसले डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल भ्यू भिडिओ तथा स्टेडिफेस सेल्फी भिडिओका माध्यमबाट फोटो तथा भिडिओ खिच्ने अनुभवमा अझ सुधार ल्याउने कम्पनीको दाबी छ ।

रातको समयमा फोटो तथा भिडिओ खिच्न सौखिनका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ ।

यो फोनमा ६० हर्जको रिफ्रेस रेटसहित ६.४४ इन्चको एमोलेड फुलएचडी प्लस डिस्प्ले रहेको छ ।

त्यस्तै मिडियाटेक हेलियो जी९६ फोरजी चिपसेटबाट यो फोन सञ्चालित छ । ८ जीबी र्‍याममा उपलब्ध हुने फोन १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिनेछ ।

ब्याट्री भने ४०५० एमएएच क्षमताको छ, जसमा ४४ वाटको चार्जिङ सपोर्ट छ । नेपाली बजारमा यसको मूल्य १२८ जीबी स्टोरेजको ४४,९९९ रूपैयाँ र २५६ जीबी स्टोरेजको ४९,९९९ रूपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२