close

आईओएस र एन्ड्रोइडलाई टक्कर दिन आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै भारत

टेकपाना टेकपाना

माघ १३, २०७८ ११:३१

आईओएस र एन्ड्रोइडलाई टक्कर दिन आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै भारत

काठमाडौं । पछिल्लो समय सूचना प्रविधिमा ठूलो लगानी तथा प्रोत्साहन गर्दै आएको भारतले अब आफ्नै अपरेटिङ सिस्टम (ओएस) निर्माण गर्ने भएको छ ।

सरकारले हाल बजारमा उपलब्ध आईओएस र एन्ड्रोइडको विकल्पका रुपमा आफ्नै ओएस तयार पार्न लागेको भारतका सूचना प्रविधिमन्त्री राजिव चन्द्रशेखरले जानकारी दिएका छन् ।

उनले हाल बजारमा आईओएस तथा एन्ड्रोइडको बिगबिगी रहेको अवस्थामा तेस्रो ओएसको रुपमा ‘इन्डुस ओएस’ ल्याउन लागेको उल्लेख गरे ।

‘ओएसको बजारमा हाल तेस्रो प्रतिस्पर्धी नभएको अवस्था छ,’ उनले भने, ‘यस्तोमा मोबाइल ओएसको रुपमा ‘इन्डुस ओएस’ ल्याउने गरी आवश्यक नीतिगत तयारी अघि बढेको छ ।’

यसका लागि सरकारको आफ्नै अपरेटिङ सिस्टम निर्माणमा सहयोग पुर्‍याउन सक्ने स्टार्टअपको समेत खोजी भइरहको समेत उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२