close

थप ६ महिनासम्म विश्व बजारमा चिप अभाव हुने

टेकपाना टेकपाना

माघ १३, २०७८ १३:४२

थप ६ महिनासम्म विश्व बजारमा चिप अभाव हुने

काठमाडौं । आगामी ६ महिनासम्म पनि अन्तर्राष्ट्रिय बजारमा चिपको अभाव कायमै रहने एक अध्ययनले देखाएको छ । अमेरिकी वाणिज्य विभागले गरेको विश्वव्यापी सर्वेक्षण अनुसार आगामी ६ महिनासम्म विश्व बजारमा चिपको अभाव रहने छ ।

वाफर उत्पादन क्षमतामा आएको अवरोध र सेमिकन्डक्टर अभावका कारण चिप उत्पादनमा समस्या आएको हो । जसको असर इलेक्ट्रिक भेहिकलदेखि स्मार्टफोन निर्माता कम्पनीलाई परिरहेको छ ।

पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीले चिप निर्माणमा लगानी गरेपनि अभाव कम भएको छैन । यसैलाई लिएर विभागले अध्ययन गरेको थियो ।

उक्त अध्ययनमा १५० बढी कम्पनीहरूलाई समावेश गरिएको थियो । जसमा चिपको माग र आपूर्तिबीचको तालमेल अझै पनि मिल्न नसकेको पाइएको छ । जसले गर्दा आगामी ६ महिनासम्म अभाव कायमै रहने निष्कर्ष निकालिएको छ ।

अध्ययनका अनुसार सन् २०१९ को तुलनामा हाल चिपको माग २० प्रतिशतले बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२