close

तीन भेरियन्टमा नेपाली बजारमा भित्रियो रेड्मी नोट ११, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ १३, २०७८ १२:४७

तीन भेरियन्टमा नेपाली बजारमा भित्रियो रेड्मी नोट ११, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक भएको छ । साओमी नेपालले आज रेड्मी नोट ११ सिरिजको बेसिक मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले तीन र्‍याम भेरियन्टमा नाेट ११ ल्याएकाे छ । यसअन्तर्गत ४/६४ जीबी भेरियन्टकाे २२ हजार ९९९ रूपैयाँ, ४/१२८ जीबी भेरियन्टकाे २४ हजार ९९९ रूपैयाँ र ६/१२८ जीबी भेरियन्टकाे २६ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

फोरजी सपोर्ट गर्ने फोनमा मुख्य विशेषताका रूपमा ९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले छ । यसमा १८० हर्जसम्मकाे टच स्याम्पलिङ रेट रहेको छ भने डिस्प्ले १००० निट्ससम्म उज्यालो हुने जनाइएको छ ।

एन्ड्रोइड १२ मा आधारित मियूआई १३ मा चल्ने फाेनमा क्वालकमकाे स्न्यापड्रागन ६८० प्राेसेसर छ ।

फाेनमा ५० मेगापिक्सेल मुख्य सेन्सरसहित एआई क्वाड क्यामेरा छ, जसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स छन् ।

त्यस्तै फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने प्रयाेगकर्ताले विभिन्न तीन कलरमा फाेन किन्न सक्नेछन् ।

लामो ब्याकअपका ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले यूएसबी टाइप-सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ ।

चाँडै नै देशभरका साओमीका आधिकारिक स्टोरका साथै अनलाइन शपिङ प्लेटफर्म दराज र सस्तोडिलमा यो फोन बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२