काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले आउँदो महिना रियलमी ९ प्रो र ९ प्रो प्लस सार्वजनक गर्ने तयारी गरेको छ । पछिल्लो समयमा यी मोडलबारे अनलाइनमा विभिन्न विवरण लिक भइरहेको छ ।
हालै यसको लिक भएको एक पोस्टरअनुसार मिडरेन्जका यी फोन फेब्रुअरी १५ मा सार्वजनिक हुने तालिका छ । यद्यपि यो मितिबारे कम्पनीले आधिकारिक विवरण प्रस्तुत गरेको छैन ।
रियलमी ९ प्रो क्वालकमको स्न्यापड्रागन ६९५ द्वारा सञ्चालित हुने अनुमान छ । त्यसैगरी प्रो प्लस मिडियाटेक डाइमेन्सिटी ९२० चिपसेटसहित सार्वजनिक हुने चर्चा छ ।
रियली ९ प्रोमा ३३ वाटको फास्ट चार्जिङसहित ५ हजार एमएएचको ब्याट्री र भने प्रो प्लसमा ६५ वाटको फास्ट चार्जिङसहित ४५०० एमएएचको ब्याट्री हुने चर्चा छ ।