close

५० मेगापिक्सेल मुख्य क्यामेरा भएको नोकिया जी२१ स्मार्टफोन सार्वजनिक 

टेकपाना टेकपाना

फागुन २, २०७८ ११:३२

५० मेगापिक्सेल मुख्य क्यामेरा भएको नोकिया जी२१ स्मार्टफोन सार्वजनिक 

काठमाडौं । नोकियाले आफ्नो नयाँ स्मार्टफोन ‘नोकिया जी२१’ सार्वजनिक गरेको छ । गत वर्ष सार्वजनिक भएको नोकिया जी२० को सफलता पछि कम्पनीले जी सिरिजमै नयाँ उत्पादन नोकिया जी२१ थप गरेको हो । जसमा स्क्रिन, क्यामेरा र ब्याट्रीमा विशेष प्राथामिकता दिइएको छ ।

फोनमा ९० हर्जको रिफ्रेसरेट सहितको ६.५ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले उपलब्ध गराइएको छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार ९० हर्जको रिफ्रेस रेटलाई ६० हर्जमा पनि प्रयोग गर्न सक्नेछन् । युनिसक टी६०६ चिपसेट उपलब्ध यो फोन चार जीबी र्‍याम सहित ६४ जीबी र १२८ जीबी स्टोरेजमा उपलब्ध छ ।

ट्रिपल क्यामेरा सेटअप भएको यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रोलेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । साथै फोनमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट सहितको ५,०५० एमएएच ब्याट्री पनि दिइएको छ ।

नर्डिक ब्लु र डस्क कलरमा उपलब्ध यो फोनको मूल्य १७० युरो अर्थात करिब २४ हजार रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२