close

पोको ग्लोबल अब स्वतन्त्र स्मार्टफोन ब्राण्ड

टेकपाना टेकपाना

मंसिर १२, २०७७ ९:१

पोको ग्लोबल अब स्वतन्त्र स्मार्टफोन ब्राण्ड

काठमाडौं । गत जनवरीको मध्यतिर साओमी भारतका सीईओ मनुकुमार जैनले पोको स्वतन्त्र स्मार्टफोन ब्राण्ड बन्ने ट्वीटमार्फत खुलासा गरेका थिए । हालै पोको ग्लाेबलले एउटा आधिकारिक वक्तव्य जारी गर्दै पोको साओमीबाट स्वतन्त्र ब्राण्ड बनेको घाेषणा गरेकाे छ । 

पोको ग्लोबल अकाउन्टले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उक्त प्रेस विज्ञप्ति पोस्ट गरेको थियो । विज्ञप्तिमा पोकोले आफ्नो उपलब्धि र ब्राण्ड प्रमिस पनि उल्लेख गरेको छ । 

पाेकोका अनुसार कम्पनीले मात्र तीन वर्षको अवधिमा ३५ वटा ग्लोबल मार्केटमा प्रवेश गरिसकेको छ ।

पोकोले २०१८ देखि हालसम्म ६० लाखकाे संख्यामा फोन विश्वभर बिक्री गरिसकेको खुलासा गरेको छ । पोकोले २०१८ मा आफ्नो पहिलो फोन पोको एफ वान सार्वजनिक गरेपछि दोस्रो फोन यस वर्षको सुरुवातमा मात्र ल्याएकाे थियाे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०