काठमाडौं । वनप्लसको नयाँ स्मार्टफोन वनप्लस १० प्रो फाइभजीको प्रि–बुकिङ सुरु भएको छ । कम्पनीले आकर्षक उपहार सहित शुक्रबारदेखि आफ्नो फ्ल्यागशिप फोनको अग्रिम बुकिङ खुलाएको हो ।
ग्राहकहरूले चैत १९ सम्म वनप्लसका आधिकारिक बिक्रेता तथा अनलाइन पार्टनर दराज र सस्तो डिलबाट अग्रिम बुकिङ गर्न सक्नेछन् । यो फोनमा टेन प्रो फाइभजीमा सेकेन्ड जेनेरेसन ह्यासलब्लेड क्यामेराका राखिएको छ ।
१२० हर्ज रिफ्रेश रेट सहितको एलटीपीओ २.० प्रविधि र डुअल कलर क्यालिब्रेसन जस्ता फिचर समेत यो फोनमा रहेका छन् । साथै नवीनतम् प्रविधिको सहयोगमा नयाँ गेमिङ फिचर समेत उपयोग गर्न पाइने र गेमिङ अनुभव समेत सुधारिने बताइएको छ ।
अग्रिम बुकिङ गराउने ग्राहकले चैत १९ पछि मोबाइल प्राप्त गर्न सक्नेछन् । अग्रिम बुकिङमा वनप्लस बुलेट वायरलेस जेड, वनप्लस ब्यान्ड, वनप्लस बड जेड निःशुल्क रूपमा रोजेर लिन सक्नेछन् ।
त्यस्तै अफरमा १९९९ रुपैयाँमा वनप्लस बड जेड टु, चार हजार ९९९ रुपैयाँमा वनप्लस बड्स प्रो र सात हजार ९९९ रुपैयाँमा वनप्लस वाच खरिद गर्न सक्नेछन् । यस बाहेक मोबाइलमा एक वर्षको स्क्रिन ब्रेकिङ इन्स्योरेन्स रहनेछ ।
त्यस्तै शून्य ईएमआईमा समेत अग्रिम बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । यति मात्र होइन विभिन्न रेस्टुरेन्टको परिकार तथा शपिङमा समेत ३४ प्रतिशतको छुट सुविधा समेत पाउन सकिनेछ ।