close

आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने तयारीमा भिभो

टेकपाना टेकपाना

चैत १२, २०७८ ७:५५

आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने तयारीमा भिभो

काठमाडौं । एक समय निकै नै चर्चामा आएर अस्ताइसकेको स्मार्टफोनको फोल्डेबल डिजाइनलाई सामसङले पुनर्जीवित गराएको थियो । सामसङले हाल फोल्डेबल फोनको बजारमा आफ्नो ग्यालेक्सी जेड फ्लिप र फोल्ड स्मार्टफोनका साथ प्रभुत्व जमाएको छ ।

यो सँगै मोबाइलका अन्य ब्राण्डहरू जस्तै ह्वावे, अनर, मोटोरोला, साओमी र ओप्पोले पनि फोल्डेबल फोनमा काम गरिरहेका छन् । यसैबीच अर्को मोबाइल कम्पनी भिभोले पनि आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले चिनियाँ सामाजिक सञ्जाल ‘विबो’ मा केही तस्वीरहरू सार्वजनिक गरेको छ, जसले भिभोको नयाँ फोल्डेबल फोनको झलक दिन्छ । भिभोले यो फोनमा १२० हर्जको रिफ्रेस रेट सहित ८ इन्चको अल्ट्रा स्लिम डिस्प्ले उपलब्ध गराउने बताइएको छ ।

ओप्पो र भिभोको मुख्य कम्पनी बीबीके इलेक्ट्रोनिक्स नै भएको कारण ‘ओप्पो फाइन्ड एन’ मा भएका केही डिजाइन भिभोको नयाँ फोनमा पनि देख्न सकिने अनुमान गरिएको छ ।

यो बाहेक मार्च २८ (साेमबार) मा हुने भिभोको कार्यक्रममा भिभोको पहिलो ट्याब्लेट र भिभो प्याड पनि सार्वजनिक हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२