काठमाडौँ । पछिल्लो समय लगातार ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विद्युतीय उपकरणमा उपभोक्ताको चासो बढेको छ । अनलाइनको दुनियाँमा यसबारे खोज गर्ने अभ्यास बढ्दो छ ।
यसैबीच अमेरिकामा मार्च महिनाभर गुगल सर्चमा विद्युतीय कारबारे सर्वाधिक खोजी भएको छ । गुगल ट्रेन्डले ट्वीटरमार्फत एक ट्वीट गर्दै मार्च महिनामा अमेरिकामा विद्युतीय सवारीसाधन वेबमा धेरै खोजी भएको शब्द रहेको उल्लेख गरेको छ ।
रुस युक्रेनको युद्धका प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य धेरै बढेपछि यसको विकल्प खोज्दै धेरै गुगल सर्च भएको हो ।
गुगलमा धेरै प्रयोगकर्ताले आकर्षक देखिने किसिमका विद्युतीय कारको लागत, विशेषता र फाइदाका बारेमा खोजेका छन् ।
विद्युतीय सवारीसाधनहरु अहिले पनि धेरै अमेरिकी घरपरिवारका लागि महँगो हुने भएकाले नयाँ गाडीमा लगानी गर्नुको सट्टा आफ्नो हालको सवारीसाधन लामो समयसम्म चलाउने प्रवृत्ति छ ।
पेट्रोलियम पदार्थको बढ्दो मूल्य बढ्दा बजारमा इभीका थुप्रै नयाँ मोडलहरु उपलब्ध भइरहेका छन् ।
Search interest in #ElectricCars reached a record high in the US this month.