काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) लिमिटेड र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
एससीटी राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमतिप्राप्त संस्था हो, जसले स्मार्टक्यूआर, एटीएम लगायतका विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ ।
यही क्रममा कम्पनीले मंगलबार एनआईसी एसिया बैंकसँग सम्झौता गरेको हो । सम्झौतामा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले हस्ताक्षर गरे ।
योसँगै एनआईसी एसिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यतिमात्रै नभएर विभिन्न व्यापार/व्यवसाय गर्दै आएका व्यवसायीले एनआईसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिनसक्ने जनाइएको छ ।