close

चुनाव खर्च जुटाउन महावीर पुनले सार्वजनिक गरे बैङ्कको क्यूआर कोड

टेकपाना टेकपाना

माघ १३, २०८२ १३:४२

चुनाव खर्च जुटाउन महावीर पुनले सार्वजनिक गरे बैङ्कको क्यूआर कोड

काठमाडौँ । आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै महावीर पुनले चुनाव खर्च सङ्कलनका लागि बैङ्क खाताको क्यूआर कोड सार्वजनिक गरेका छन् । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पुनले आफ्ना शुभेच्छुक र समर्थकहरूको आग्रहलाई स्वीकार गर्दै आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत क्यूआर कोड सार्वजनिक गरेका हुन् ।

आफूलाई चुनावमा सहयोग गर्न चाहनेहरूले सहयोग गर्ने माध्यम खोजिरहेकाले सहजताका लागि बैङ्क खाता र क्यूआर कोड उपलब्ध गराएको उनले बताएका छन् । पुनका अनुसार यस निर्वाचनका लागि मात्र भनेर नयाँ बैङ्क खाता सञ्चालनमा ल्याइएको हो ।

सहयोगको अपिल गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न भनेर बैङ्क खाता र क्यूआर कोड माग्नु भएको थियो । धेरै समर्थकको अनुरोध आएकाले चुनावका लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु ।”

उनले उक्त खातामा सङ्कलन हुने सहयोग रकम र खर्चको विवरण पूर्ण रूपमा पारदर्शी बनाइने प्रतिबद्धता समेत जनाएका छन् ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १३:५३