close

सामङको घोषणाः अब ग्यालेक्सी स्मार्टफोन ग्राहक आफैँले मर्मत गर्नसक्ने

टेकपाना टेकपाना

चैत १८, २०७८ १३:२६

सामङको घोषणाः अब ग्यालेक्सी स्मार्टफोन ग्राहक आफैँले मर्मत गर्नसक्ने

काठमाडौं । सामसङले बिहीबार नयाँ ‘सेल्फ-रिपेयर प्रोग्राम’ (आफैँ-मर्मत गर्न सक्ने कार्यक्रम) घोषणा गरेको छ । जसअनुरूप ग्यालेक्सीका ग्राहकले आफ्नो उपकरण मरम्त गर्नका लागि पार्ट्स, टुल्स र गाइडमा पहुँच प्राप्त गर्न सक्नेछन् ।

रिपेयर गाइड र पार्ट्स सम्बन्धी चर्चित वेबसाइट आईफिक्सिटसँगको सहकार्यमा यो कार्यक्रम ल्याइएको हो । जसले मोटोरोला र स्टिम जस्ता समान किसिमका कम्पनीसँग समेत काम गरिसकेको छ ।

पहिलो चरणमा स्पेयर पार्ट्स उपलब्ध हुने डिभाइसहरूमा ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी वान सिरिजका फोन र ग्यालेक्सी ट्याब एस सेभेन प्लस रहेका छन् । तर यसमा ग्यालेक्सीको पछिल्लो एस ट्वान्टी टु स्मार्टफोनहरू भने समावेश छैनन् ।

‘हामी सामसङसँग मिलेर उनीहरूको रिपेयर गाइड सुधार गर्न र डीआईवाई पार्ट्स उपलब्ध गराउने दिशामा काम गरिरहेका छौँ,’ आईफिक्सिटका सीईओ क्याले विन्सले भनेका छन् । सामसङको यो कार्यक्रमले एप्पलले ल्याएको ‘सेल्फ सर्भिस प्रोग्राम’ र माइक्रोसफ्टको म्यानुफ्याक्चर सर्फेस टुल्स’ लाई नै पच्छ्याएको छ ।

विन्सले अगाडि भनेका छन्, ‘निर्माता कम्पनीहरू रिपेयर अङ्गाल्ने  विषयमा स्पष्ट देखिन्छन् ।’ यो कार्यक्रमबाट लाभ उठाउन चाहने ग्राहकले सहज भिडिओमा ‘स्टेप बाइ स्टेप’ रिपेयर  गाइडका साथै आवश्यक टुल प्राप्त गर्ने सामसङको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सामसङले आगामी दिनमा रिपेयर कार्यक्रमका लागि ‘प्रोडक्टको रेञ्ज’ विस्तार गर्दै जाने उल्लेख गरेको छ । हाललाई डिस्प्ले, ब्याक ग्लास र चार्ज पोर्टलाई प्रारम्भिक पार्ट्सको रुपमा राखिएको छ ।

तर ब्याट्री फेर्न सकिने विकल्पको विषयमा प्रेस विज्ञप्ति मौन छ । ‘सेल्फ रिपेयर प्रोग्रामलाई’ कम्पनीको दीगो लक्ष्य तर्फको कदमको रुपमा हेरिएको छ ।

कम्पनीले हालै मात्र आफ्ना फोनहरूका लागि एन्ड्रोइड सफ्टवेयर सपोर्ट टाइमलाइनलाई समेत बढाएको छ । ‘सेल्फ रिपेयर प्रोग्राम’मा तपाईँले पुरानो तथा तोडफोड भएको पार्ट्स रिसाइकल गर्न निःशुल्क रुपमा सामसङलाई पठाउन सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३