close

हवाई जहाजमा भारत जान अनलाइनमा एयर सुविधा फारम अनिवार्य

टेकपाना टेकपाना

चैत १९, २०७८ ८:३०

हवाई जहाजमा भारत जान अनलाइनमा एयर सुविधा फारम अनिवार्य

काठमाडौं । हवाई जहाजमा भारत जाने यात्रुले अनिवार्य रूपमा अनलाइनमा एयर सुविधा फारम भर्नुपर्ने भएको छ । नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै भारत जाने यात्रुहरूका लागि एयर सुविधा फाराम अनिवार्य गरेको हो ।

यसअन्तर्गत काठमाडौंदेखि भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लोर प्रस्थान गर्ने यात्रुले प्रस्थान गर्नुपूर्व भारत सरकारले लागू गरेको एयर सुविधा फारम भर्नुपर्नेछ ।

यसका लागि यो वेबसाइटमा फारम भर्न सकिन्छ । यसरी फारम भरेका यात्रुलाई मात्र निगमको उडानमा समावेश गरिने सो सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३