close

फोल्डेबल आईप्याड र म्याकबुक बनाउन एलजीसँग सहकार्य गर्दै एप्पल

टेकपाना टेकपाना

चैत १९, २०७८ १९:१६

फोल्डेबल आईप्याड र म्याकबुक बनाउन एलजीसँग सहकार्य गर्दै एप्पल

काठमाडौं । फोल्डेबल ओएलईडी डिस्प्ले र अल्ट्रा थिन कभर ग्लास भएको आईप्याड र म्याकबुक बनाउन एप्पलले एलजीसँग सहकार्य गर्ने भएको छ ।

म्याकर्‍युमरका अनुसार एलजीले यो वर्ष १७ इन्चको फोरके ओएलईडी डिस्प्ले एचपी र एप्पल लाई प्रदान गर्दैछ । पछिल्लो समयमा फोल्डेबल डिस्प्लेका लागि एलजी डिस्प्ले कम्पनीहरुको रोजाइमा परेको छ ।

फोरके रेजोलुसन सहितको अल्ट्रा थिन कभर ग्लास भएको यो डिस्प्ले एप्पलले आफ्नो आईप्याड र म्याकमा प्रयोग गर्ने जानकारी बाहिरिएको छ ।

फोल्ड गर्दा अनस्क्रिन किबोर्ड सहित प्रयोग गर्न सकिने यो डिस्प्ले अनफोल्ड हुँदा भने मनिटरको रुपमा एक्सटर्नल किबोर्ड प्रयोग गरेर पनि चलाउन सकिनेछ ।

एलजीको डिस्प्ले प्रयोग भएको एप्पलको फोल्डेबल डिभाइस २०२५ पछि मात्र सार्वजनिक हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३