close

व्याकरण र स्पेलिङ सच्याउन गुगल डक्समा नयाँ फिचर

टेकपाना टेकपाना

चैत २०, २०७८ १२:७

व्याकरण र स्पेलिङ सच्याउन गुगल डक्समा नयाँ फिचर

काठमाडौं । गुगल डक्समा व्याकरण र स्पेलिङ सच्याउन मिल्ने फिचर आउने भएको छ । स्पेलिङ वा व्याकरण गलत भएका शब्द वा वाक्यमुनी बैजनी रङ्गको लाइन देखिने छ ।

गुगलले उपलब्ध गराउने नयाँ सजेसनहरू यसभन्दा पहिले थर्ड पार्टी एप ग्रामर्लीले (Grammarly) ले गुगल डक्समा समेत उपलब्ध गराएको थियो । त्यसले प्रयोगकर्ताको आफ्नो लेखनमा धेरै सुधार ल्याउन सहयोग गरेको थियो ।

अब भने गुगल डक्समा अन्य थर्ड पार्टी सर्भिसमा निर्भर हुन नपर्ने भएकाे छ । गुगलले सहयोगी लेखन फिचरहरू आफ्ना सबै वर्कस्पेस प्लानमा भने नल्याउने भएको छ ।

गुगलका अनुसार ‘टोन र स्टाइट’ सजेसन बिजनेस स्टान्डर्ड, बिजनेस प्लस, इन्टरप्राइस प्लस र एजुकेसन प्लसका ग्राहका लागि मात्र उपलब्ध हुनेछ  भने वर्ड वार्निङ फिचर अन्य प्लानमा उपलब्ध हुनेछ ।

यसको अर्थ यदि तपाईं गुगल वर्कस्पेसका बेसिक प्लान प्रयोग गर्नुहुन्छ भने लेखन फिचरहरू उपलब्ध हुने छैनन् । यही हप्ता गुगलले ‘मार्कडाउन सपोर्ट’ घोषणा गरेको थियो, जसले गर्दा किबोर्ड शर्टकटभन्दा टेक्स्ट शर्टकट मन पराउनेहरूका लागि यो फिचरले सहयोग गरेको थियो ।

त्यस्तै गत महिना गुगलले नयाँ ‘पेजलेस भ्यु फर डक्स’ फिचर सार्वजनिक गरेको थियो । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्नो विन्डोजको साइज अनुसार डकुमेन्टको साइज मिलाउन सक्थे ।

असिस्टिभ राइटिङ फिचर अप्रिलको दोस्रो सातामा सार्वजनिक हुने भनिएको छ । यो फिचर डिफल्ट रूपमै उपलब्ध हुनेछ । तर, त्यो सेवा बन्द गर्न परे वर्कस्पेस एड्मिन वा इन्ड युजरले बन्द गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३