close

टुटलको प्रत्येक राइडमा २० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

चैत २२, २०७८ १४:१५

टुटलको प्रत्येक राइडमा २० प्रतिशतसम्म छुट

काठमाडौं । अब टुटलमा राइड गर्दा २० प्रतिशतसम्म छुट पाइने भएको छ । नेपालको पहलो राइड शेयरिङ प्लेटफर्मले पछिल्लो समयमा राइडर र प्रयोगकर्ता दुवैलाई विभिन्न अफर दिँदै आएको छ ।

यसैबीच टुटलले प्रयोगकर्ताका लागि २० प्रतिशतसम्मको छुटको अफर ल्याएको छ । यो छुट पुराना तथा नयाँ सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने टुटलका संस्थापक शिक्षित भट्टले बताए ।

केही समयअगाडि मात्र टुटलमा क्यूआर कोड स्क्यान गरी हरेक राइडमा ५० रुपैयाँसम्म छुट पाइने व्यवस्था ल्याइएको थियो । यो अफर हाल पनि विद्यमान नै छ ।

यसका लागि प्रयोगकर्ताले एक पटकमात्रै क्यूआर कोड स्क्यान गर्दा पुग्नेछ । एक पटक क्यूआर कोड स्क्यान गरेसँगै हरेक राइडको क्रममा ‘युज प्रोमो कोड’ मा क्लिक गर्दा स्वतः उक्त कोड प्रयोगमा आउनेछ ।

टुटलले हालै मात्र आफ्नो एप अपडेट गरेको छ । नयाँ अपडेटसँगै टुटल प्रयोगमा प्रयोगकर्ताले छुट पाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५