close

ईसेवाबाट बैंकको क्रेडिट कार्ड भुक्तानी गर्दा अब पैसा नलाग्ने

टेकपाना टेकपाना

चैत २३, २०७८ १५:१३

ईसेवाबाट बैंकको क्रेडिट कार्ड भुक्तानी गर्दा अब पैसा नलाग्ने

काठमाडौं । अब ईसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ । अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको कम्पनीले जनाएकाे छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाका क्रेडिट कार्ड प्रयोगकर्तालाई ठूलो सहजता हुने विश्वास लिइएकाे छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ ।

नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या बढिरहेको छ ।

ईसेवामा हाल ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् । ईसेवा अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने ईसेवा अकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका ईसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन् ।

ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५