close

आकर्षक फिचर सहित नेपाली बजारमा भिभोका दुई स्मार्टफोन आउँदै

टेकपाना टेकपाना

चैत २३, २०७८ १४:२६

आकर्षक फिचर सहित नेपाली बजारमा भिभोका दुई स्मार्टफोन आउँदै

काठमाडौं । भिभोले नेपाली बजारमा ‘वाई’ सिरिजमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले ‘वाई३३ एस’ र ‘वाई०१’ बजारमा ल्याउन लागेको हो ।

फुल एचडी रेजाेलुसन सहित ६.५८ इन्चको डिस्प्ले रहेको फोन एन्ड्रोइड ११ मा आधारित फनटच अपरेटिङ सिस्टममा चल्छ । यो फोनमा अधिकतम ८ जीबी र्‍याम हुनेछ, जसमा भर्चुअल रूपमा थप ३ जीबी र्‍याम थप्न मिल्ने जनाइएको छ ।

साथै कम्पनीले १२८ जीबी इन्टर्नल स्टाेरेजकाे सुविधा दिएकाे छ ।

वाई३३एस मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ, जसमा फोटोग्राफर, कन्टेन्ट क्रियटर र सामाजिक सञ्जाल प्रयोगकर्ताले सम्भव भएसम्मका हरेक पल कैद गर्नसक्ने कम्पनीले जनाएको छ ।

अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटो खिच्न फोनमा मल्टिपल शुटिङ मोड पनि उपलब्ध गराइएको छ । साथै फाेनमा २/२ मेगापिक्सेलका म्याक्राे र डेप्थ क्यामेरा छ । सेल्फी पारखीका लागि १६ मेगापिक्सेलकाे क्यामेरा छ ।

यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

वाई३३एस ले मिड रेन्ज सेगमेन्टमा आमूल परिवर्तन ल्याउने र प्रयोगकर्ताको अनुभवलाई अर्को स्तरमा लैजाने कम्पनीको दावी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५