काठमाडौं । सन् २०२१ मा चिनियाँ कम्पनीले हालसम्मकै धेरै पेटेन्ट दर्ता गरेको पाइएको छ । म्युनिखस्थित युरोपेली पेटेन्ट कार्यालय (ईपीओ) का अनुसार सन् २०२१ मा युरोपेली पेटेन्ट आवेदनको कूल संख्या एक लाख ८८ हजार ६०० पुगेको छ ।
कूल दर्ता भएकामध्ये सबैभन्दा धेरै पेटेन्ट चिनियाँ कम्पनी रहेको ईपीओले जनाएको छ । उसका अनुसार चिनियाँ कम्पनीको पेटेन्ट आवेदन संख्या १६ हजार ६६५ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कूल पेटेन्ट दर्ताको संख्यामा समेत वृद्धि भएको छ ।
कूल पेटेन्ट दर्तामा ४.५ प्रतिशतले वृद्धि हुँदै एक लाख ८८ हजार ६०० पुगेको छ । ईपीओका अनुसार सन् २०२० को तुलनामा चिनियाँ कम्पनीहरूको पेटेन्ट दर्ता सन् २०२१ मा २४ प्रतिशतको वृद्धि भएको छ ।
योसँगै विश्वका सबैभन्दा धेरै बढी पेटेन्ट दर्ता गर्ने देशहरूको सूचीमा चीन सबैभन्दा अघि रहेको छ । सबैभन्दा बढी पेटेन्ट डिजिटल कम्युनिकेसनको क्षेत्रमा आवेदन दर्ता भएको छ ।
यो क्षेत्रमा चिनियाँ कम्पनीहरूले सन् २०२१ मा २९ प्रतिशतको हिस्साका साथ सबैभन्दा धेरै पेटेन्ट दर्ता गराएका थिए । बायोटेक्नोलोजी र अडियो–भिजुअल टेक्नोलोजीमा पनि गत वर्ष चिनियाँ कम्पनीहरूको पेटेन्ट आवेदन ७५ प्रतिशतसम्म बढेको जनाइएको छ ।
यसरी पेटेन्टका लागि आवेदन दिने चिनियाँ कम्पनीमध्ये यो वर्ष सबैभन्दा अघि ह्वावे रहेको छ । ह्वावेका नाममा मात्रै तीन हजार ५४४ आवेदन परेको उल्लेख छ । ह्वावे पश्चात दक्षिण कोरियाली कम्पनी सामसङ र एलजीको पेटेन्ट संख्या बढी रहेको जनाइएको छ ।
भने, पहिलो पटक ओप्पो, जेडटीई, वैडु, साओमी र टेन्सेन्टलगायतका चिनियाँ कम्पनी ५० ठूला युरोपेली पेटेन्ट आवेदकको सूचीमा सूचीकृत भएका छन् ।