close

घर तथा अफिसलाई चाहिने विभिन्न सेवा एकै ठाउँबाट

टेकपाना टेकपाना

चैत २८, २०७८ १३:४४

घर तथा अफिसलाई चाहिने विभिन्न सेवा एकै ठाउँबाट

काठमाडौं । घर तथा अफिसमा आवश्यक पर्ने विभिन्न सेवा एकै ठाउँबाट उपलब्ध गराउने योजनाका साथ ‘भेटायो’ एप सञ्चालनमा आएको छ ।

प्लम्बिङ, घर तथा अफिसको सरसफाई, गाडी सरसफाई, घरमै पार्लर सेवा, लुगा धुने सेवा, घर तथा अफिसमा रङ लगाउने, स्वास्थ्य परीक्षण, पीसीआर परीक्षण जस्ता सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी कम्पनीले सेवा सुरु गरेको हो ।

सन् २०२१ को नोभेम्बरबाट सेवा सुरु गरेको कम्पनीले हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको जनाइएको छ ।

सेवा प्रदायक र ग्राहकलाई जोड्ने माध्यमको रुपमा कम्पनीले यसको सुरुवात गरेको जनाएको छ ।

त्यो हुँदा ग्राहकले घरमै सेवा पाउनेछन् भने सेवा प्रदायकले पनि त्यसबाट आम्दानी गर्नसक्ने छन् । यसमा जोडिने प्राविधिक तथा सेवा प्रदायक अनुभवी हुने कम्पनीको दाबी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४