close

भारतमा उत्पादन हुन थाल्यो आईफोन १३, के अब सस्तो होला त नेपाली बजारको मूल्य ?

टेकपाना टेकपाना

चैत २८, २०७८ १३:३

भारतमा उत्पादन हुन थाल्यो आईफोन १३, के अब सस्तो होला त नेपाली बजारको मूल्य ?

काठमाडौं । एप्पलले भारत स्थित प्लान्टबाट आईफोन थर्टिन मोडलको उत्पादन सुरु गरेको छ । कम्पनीको सबैभन्दा पछिल्लो प्रिमियम स्मार्टफोनको रुपमा रहेको आईफोन थर्टिनको उत्पादन सुरु भएसँगै भारत सरकारको मेकईन इन्डियाको घोषणालाई बल पुग्नेछ ।

त्यसो त एप्पलले पहिलो पटक सन् २०१७ मा भारतमा आईफोन एसईबाट आईफोन उत्पादन थालेको हो । आईफोन थर्टिनमा युनिक क्यामेरा सिस्टम तथा ए १५ बायोनिक चिप सपोर्ट रहेको छ ।

आईफोन थर्टिनका अलावा एप्पल कम्पनी भारतको चेन्नई नजिकै सिरिपेरम्बदुरमा फक्सकन फ्यासिलिटी सेन्टरमा आईफोन इलेभेन, आईफोन ट्वेल्भको उत्पादन गरिरहेको इकनोमिक्स टाइम्सको रिपोर्टमा उल्लेख छ ।

तर कुनै पनि प्रो मोडेलका आईफोन भने भारतमा उत्पादन भइरहेका छैनन् ।  जब कि आईफोन एसई तथा आईफोन ट्वेल्भको उत्पादन विस्टन फ्याक्ट्रीमा भइरहेको छ । एप्पलका लागि भारत आफैँमा निकै ठूलो बजार हो ।

पछिल्लो घोषणासँगै एप्पलले भारतमा आफ्ना पछिल्ला सबै आईफोन मोडलको उत्पादन थालेको छ । छिमेकी भारतमा आईफोनको उत्पादन सुरु भएसँगै यदि तपाईँले नेपालमा त्यसको मूल्य घट्ने अपेक्षा गर्नु भएको छ, एप्पलले सम्भवतः अहिले नै त्यस्तो कार्य गर्ने छैन ।

आयातित वस्तुमा भारी कर लगाउने भारतको नीतिसँगै एप्पलले भारतमा आईफोनको उत्पादन बढाउन लागेको हो । एप्पलले स्थानीय रुपमा उत्पादित आईफोन सस्तो मूल्यमा बिक्री गर्ने छैन । तर नेपालमा समेत आईफोनको उपलब्धतामा भने सुधार हुने अपेक्षा गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४