close

रियलमी नार्जो ५० नेपालमा, ११ जीबीसम्म भर्चुअल र्‍याम थप्न मिल्ने

टेकपाना टेकपाना

चैत २८, २०७८ २१:३३

रियलमी नार्जो ५० नेपालमा, ११ जीबीसम्म भर्चुअल र्‍याम थप्न मिल्ने

काठमाडौं । रियलमीको नयाँ स्मार्टफोन नार्जो ५० नेपाली बजारमा भित्रिएकाे छ । मिडियाटेक हेलियो जी९६ प्रोसेसरबाट सञ्चालित फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.६ इन्चको डिस्प्ले छ ।

५,००० एमएएच ब्याट्री र ३३ वाट डार्ट चार्जिङ भएको यो फोन फुल चार्ज हुन ७० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

साथै फोनमा ५० मेगापिक्सेल मुख्य सेन्सर सहितको एआई ट्रिपल क्यामेरा दिइएको छ ।

४ जीबी र ६ जीबी र्‍याम भेरियन्टमा उपलब्ध फोनको र्‍याम ११ जीबीसम्म भर्चुअल एक्स्टेन्ड गर्न मिल्ने व्यवस्था पनि छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य २२ हजार ९९९ रुपैयाँ तथा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २६ हजार ४९९ तोकिएको छ ।

यो फोन स्पिड ब्ल्याक र स्पिड ब्लु कलरमा उपलब्ध छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४