काठमाडौं । चिनियाँ स्मार्टफाेन कम्पनी भिभोले आफ्नो पहिलो फोल्डेबल फोन एक्स फोल्ड सार्वजनिक गरेको छ । क्वालकमको फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८ जेन १ प्रोसेसर भएको फोनमा ४६०० एमएएच क्षमताकाे ब्याट्री प्रयोग गरिएको छ ।
यो फोनको दुवै स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट छ भने दुवै स्क्रिनमा फिङ्गरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छ ।
फोनकाे पछाडि चारओटा क्यामेरा दिइएकाे छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ४८ मेगापिक्सेलको अल्ट्रावाइड, १२ मेगापिक्सेलको टेलिफोटो र ८ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा उपलब्ध छ ।
सेल्फीका लागि भने १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
हाल चीनमा सार्वजनिक भएको यो फोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ८,९९९ यूआन (एक लाख ७२ हजार रुपैयाँ) तोकिएको छ ।
त्यस्तै ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९,९९९ यूआन (एक लाख ९१ हजार रुपैयाँ) तोकिएको छ ।