काठमाडौं । चिनियाँ इलेक्ट्रिक कम्पनी एंकरले २० ओटा फोन र ४ ओटा ल्यापटप चार्ज गर्न सकिने पोर्टबल पावरब्यांक सार्वजनिक गरेको छ । ५२१ पावरहाउस पोर्टेबल चार्जिङ ब्यांकको रुपमा कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गरेको हो ।
लिथियम आइरन फास्फेट ब्याट्री युक्त चार्जिङ ब्यांकको क्षमता २५६ वाटको रहेको छ । जुन एक हप्तासम्म चल्ने कम्पनीको दावी छ । जसको प्रयोग पावर कट भएको अवस्थामा प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार यो चार्जिङ ब्यांकले एक चार्जमा २० भन्दा बढी मोबाइल चार्ज गर्न सक्छ् । अथवा ४ ल्यापटप र ५ ओटा ड्रोन चार्ज गर्न सकिने छ । चार्जिङ ब्यांकमा दुई ओटा एसी पोर्ट, दुई ओटा युएसबी–ए पोर्ट र एउटा युएसबी–सी पोर्ट रहेको छ् ।
कम्पनीका अनुसार चार्जिङ ब्यांकमा इनर्जी सेभिङ मोड पनि उपलब्ध रहेको छ । जसले गर्दा चार्जमा राखिएका डिभाइसहरू सबै फुल चार्ज भएसँगै आफै स्वतः अफ हुनेछ । ४.३४ केजी भार रहेको यो डिभाइस आवश्यक परेको खण्डमा बोकेर हिड्न पनि सकिने जनाइएको छ । जसको बजार मूल्य २५० अमेरिकी डलर तोकिएको छ ।