close

आईफोन १५ मा टेलिफोटो क्यामेरा !

टेकपाना टेकपाना

बैशाख ५, २०७९ ११:११

आईफोन १५ मा टेलिफोटो क्यामेरा !

काठमाडौं । अमेरिकी टेक जायन्ट एप्पलले दक्षिण कोरियन ओआईएस र अटोफोकस एक्वेटर सप्लायर्स कम्पनीसँग सम्झौता गरेको खुल्न आएको छ । गत वर्ष एप्पलका प्रतिनिधिहरू दक्षिण कोरियाली कम्पनी झावा पुगेका थिए । त्यो सँगै झावाले १५५ मिलियन अमेरिकी डलरको लगानीमा ओआईएस मोडुलर निर्माणका लागि नयाँ प्लान्ट स्थापना गरिरहेको छ ।

झावाले गरेको लगानी र एप्पलले आफ्ना अन्य प्रोडक्सन हाउसलाई दिएको निर्देशका आधारमा हेर्ने हो भने एप्पल र ओआईएस मोडुलर निर्माता कम्पनीबीच सहकार्य भएको छ । क्यामेरा हार्डवेयरका लागि भएको यो सम्झौताले एप्पलले आईफोन १५ बाट टेलिफोटो क्यामेरा प्रयोगमा ल्याउन सक्ने आँकलन गरिएको छ ।

एप्पलले आईफोन १५ लाइनअपका स्मार्टफोनको उत्पादन सन् २०२३ को दोस्रो चौमासिकबाट सुरु गर्ने जनाएको छ । यस्तोमा झावासँग भएको सम्झौताले एप्पलका आगामी उत्पादनमा परिष्कृत जुम लेन्स उपलब्ध हुनेछन् । 

अर्कोतर्फ झावाले नै विश्व स्मार्टफोन बजारको ठुलो कम्पनी सामसङलाई पनि ओआईएस मोडुलर उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२