close

कस्ता होलान् आईफोन १४ का चार मोडल ?

टेकपाना टेकपाना

बैशाख ६, २०७९ ८:१०

कस्ता होलान् आईफोन १४ का चार मोडल ?

काठमाडौं । एप्पलको आईफोन १४ सिरिज सार्वजनिक हुनुअघि नै विभिन्न जानकारी बाहिरिरहेका छन् । एप्पलले यो पटक आईफोन १४ सिरिजमा कम मूल्यको रेन्जमा ६.१ इन्चको आईफोन १४ र ६.७ इन्चको आईफोन १४ म्याक्स सार्वजनिक गर्दैछ ।

त्यस्तै महँगो रेन्जमा ६.१ इन्चको आईफोन १४ प्रो र ६.७ इन्चको आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्दैछ ।

यीमध्ये आईफोन १४ र १४ म्याक्सको डिजाइन र लुक्स पहिलेको जस्तै हुनेछ भने आईफोन १४ प्रो र प्रो म्याक्सको डिजाइन फरक हुनेछ ।

आईफोन १४ प्रो र प्रो म्याक्समा अलिक ठूलो क्यामेरा बम्प (क्यामेरा डिजाइन माथि उठेको) ठूलो हुनेछ भने तुलनात्मक रुपमा आईफोन १४ र १४ म्याक्समा क्यामेरा बम्प सानो हुनेछ ।

साथै एप्पलले यो पटक आईफोनमा १२ मेगापिक्सेलको क्यामेरालाई हटाएर ४८ मेगापिक्सेलको क्यामेरा राख्ने भएको छ । आईफोन १४ प्रो र प्रो म्याक्समा तीनवटा क्यामेरा सेटअप हुने र १४ र १४ म्याक्समा भने दुई क्यामेरा सेटअप नै हुने अनुमान गरिएको छ ।

१२० हर्जको रिफ्रेसरेट सहितको नचबिनाको फोन सार्वजनिक हुनेछ । यद्यपि १४ र १४ म्याक्समा भने नच उपलब्ध हुनेछ । यसमा ए १६ प्रो चिप प्रयोग हुने बताइएको छ । यो पटक आईफोनको मिनी मोडल भने सार्वजनिक हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२