काठमाडौं । गुगलले आफ्नो लोकप्रिय ब्राउजिङ एप गुगल क्रोमलाई बढीभन्दा बढी प्रयोगकर्ता मैत्री बनाउन समय समयमा अपडेट गर्दै आएको छ । यसैगरी कम्पनीले फेरि एउटा अर्को अपडेट चाँडै सार्वजनिक गर्दैछ ।
यसका लागि कम्पनीले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ रि-डिजाइन ट्याब टेस्टिङ गरिरहेको छ । नाइनटुफाइभगुगलको रिपोर्ट अनुसार प्रविधिको दिग्गज कम्पनी गुगलले आगामी केही दिनमै गुगल क्रोममा नयाँ रि-डिजाइन ट्याब पेज रोलआउट गर्दैछ ।
त्यसपछि प्रयोगकर्ताले जसै क्रोम एप खोल्नेछन्, त्यससँगै क्रोम एप नयाँ देखिनेछ । नयाँ भर्सनमा गुगल क्रमको एड्रेस बारलाई केही माथि राखिनेछ । साथै गुगल क्रमलाई सानो लोगोका साथ प्रस्तुत गरिनेछ ।
साथै एक ब्राउजिङ शर्टकट तथा फिड्स र फलोइङको नयाँ अप्सन समेत पाउन सकिनेछ । साथै नयाँ परिवर्तनपश्चात गुगल क्रोमको ब्राउजर अहिलेको तुलनामा केही सानो देखिनेछ ।
जब कि एड्रेस बार भने केही ठूलो हुनेछ । यस बाहेक नयाँ गुगल क्रोम ब्राउजरमा केही नयाँ ब्राउजिङ शर्टकट, सर्चका लागि फिड्स र फलोइङ पाउन सकिनेछ ।
नयाँ परिवर्तनबाट प्रयोगकर्ताले सहजै एउटा ट्याबबाट अर्को ट्याबमा जान तथा पहुँच बनाउन सक्नेछन् । क्रोम ब्राउजरमा हुने परिवर्तनका कारण यसमा उपलब्ध हुने नयाँ सुविधाले मौलिक डिजाइनलाई भने फरक पार्ने छैन ।
उदाहरणका लागि यदि तपाईँ ट्याब ग्रुप प्रयोग गर्नु हुन्न भने मोबाइल ब्राउजरको ट्याब ग्रिडको धेरैजसो भाग अपरिवर्तित रहनेछ । यसैगरी नयाँ गुगल क्रोम ब्राउजरमा गुगलको लोगो माथि सिरानीमा देखिनेछ ।
तर यसको आकार भने अहिलेभन्दा सानो हुनेछ । साथै एप बारमा फिट हुनेछ । जसमा एकतर्फ तपाईँको प्रोफाइल तस्वीर हुनेछ भने अर्कोतर्फ ओभरफ्लो मेनु रहनेछ । तर यसमा ट्याब स्विचर बटन भने हुने छैन ।