close

मिस नेपालका लागि खल्ती वालेटबाट दर्ता र भोट गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ९, २०७९ ९:२८

मिस नेपालका लागि खल्ती वालेटबाट दर्ता र भोट गर्न सकिने

काठमाडौं । खल्ती वालेटबाट ‘मिस नेपाल’ को रजिस्ट्रेसन र भोटिङ गर्न सकिने भएको छ । १८ देखि २७ वर्षका युवतीले सहभागिता जनाउन पाउने यो प्रतियोगिताका लागि खल्ती भोटिङ पार्टनर बनेको छ ।

आयोजक हिडेन ट्रेजरका अनुसार खल्तीमार्फत इच्छुक युवतीले रजिस्ट्रेसन गर्न सक्नुका साथै प्रयोगकर्ताले आफूलाई मनपर्ने मिस नेपाल प्रतियोगीलाई भोट पनि गर्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘नेपालको एक गरिमामय प्रतियोगिताका रुपमा आफूलाई स्थापना गर्न सफल भएको ‘मिस नेपाल’ सौन्दर्य प्रतियोगितामा हामी रजिस्टर तथा भोटिङ पार्टनरका रुपमा सहकार्य गर्न पाउँदा निकै खुसी छौँ । सधैँझैँ यस प्रतियोगितामार्फत सौन्दर्य साथै बौद्धिक क्षमता भएका हाम्रा देशका प्रतिभावान नारीहरुले आफूलाई प्रस्तुत गर्ने अवसर यस मञ्चले प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

यस भोटिङ सुविधाका साथै खल्तीले निःशुल्क बैंक ट्रान्सफर, लेखस्टारअन्तर्गत रु. ५० हजार जित्ने र ‘फ्लाइट चढी लखपति’ जस्ता विभिन्न अफर सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२